चाडपर्वकाे अवसरमा भायानेटले ल्यायो अफर, सस्ताे मूल्यमा १२५ mbps इन्टरनेट

चाडपर्वकाे अवसरमा भायानेटले सस्ताे मूल्यमा १२५ mbps इन्टरनेट सेवा उपलब्ध गराउने भएकाे छ । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स […]

सुर्खेतको वड्डिचौरस्थित सिद्वार्थ नर्सरीमा कफिकाे बिरूवा तयार

सुर्खेतको वराहताल-५ वड्डिचौरस्थित सिद्वार्थ नर्सरीमा कफिको बिरूवा तयार भएको छ । वड्डिचौरमा लामो समय देखी कृषी पेशा गर्दै आएका अगुवा कृषक अर्जुन कुमार वुचाको नर्सरीमा कफीको बिरूवा तयार भएको हो । ‘सुर्खेत जिल्लामा कफि विस्तार’ कार्यक्रम अभियान चलाउने चिया तथा कफि विकास कार्यालय प्युठान का कार्यालय प्रमुख एकराज सन्ज्यालले बताएका छन् । यसै वर्ष मात्रै […]

अनुमति बिनै ड्रोन उडाउनेलाई कारबाही गर्छौ : सुर्खेत जिल्ला प्रशासन

सुर्खेत | सूचना र सञ्चारको क्षेत्रले क्यामरा, माइक्रोफोन, कलम, रेकर्डरलगायतका विविध औजारहरू द्रुत गतिमा अँगालेको छ । यद्यपि, यस शस्त्रागारमा एक उल्लेखनीय थप ड्रोन हो, जुन परम्परागत क्यामेराहरूको लोकप्रिय विकल्पको रूपमा देखा परेको छ । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्र र सुर्खेतका अन्य क्षेत्रहरूमा पनि सजिलै ड्रोन उड्ने गरेका देखिन्छ्न् । अनि ड्रोनले खिचेका समाग्री समाजिक […]

‘थ्रेड्स’ प्रयोगकर्ता ४ करोड ९० लाखबाट घटेर २ करोडमा झरें

काठमाडौं । ​ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटाले सार्वजनिक गरेको ‘थ्रेड्स’ एपको सुरुवात भव्य भएपनि समयसँगै यसप्रति आकर्षण घट्दै गएको गएको छ । विस्तारै यो एपको प्रयोगकर्ताको संख्या घट्दै गइरहेको हो । सार्वजनिक भएको पहिलो हप्तामा यो एपले सबैभन्दा छिटो धेरै संख्यामा डाउनलोड हुने एपको रुपमा रेकर्ड बनाएको थियो । सिमिलर वेबले गरेको एक अध्ययनमा यस्तो तथ्याङ्क […]

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डिएम्एस्) कार्यान्वयनमा सरकार कडाईका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोवाईल व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सँधै तत्पर रहेको बताउनुभयो । नेपाल मोवाईल व्यवसायी महासंघको दोश्रो […]

ट्विटरमा अब दुई घण्टाको भिडिओ अपलोड गर्न मिल्ने

ट्विटरमा ब्लू टिक भएका प्रयोगकर्ताहरूले दुई घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इलन मस्कले बिहीबार एक ट्विटमार्फत यस्तो जानकारी गराएका हुन्। ’ट्विटर ब्लू भेरिफाइड सब्सक्राइबरहरूले अब दुई घण्टा लामो (८ जिबी) भिडिओ अपलोड गर्न पाउनेछन्!’ मस्कले ट्विटमा लेखेका छन्। यो भन्दा अघि प्रयोगकर्ताहरूले एक घण्टासम्मको भिडिओ अपलोड गर्न […]

यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया  मौसम सफा रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए। ‘गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का  वर्षा भइरहेको छ,’ प्रधानांगले […]

आज विश्व दूरसञ्चार दिवस मनाइँदै

जेठ ३, काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दूरसञ्चार र सूचना समाज दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तरक्रियालगायत कार्यक्रम गरि मनाउन लागेको हो । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाउने गरिएको छ।

इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो ।प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निणर्य र सूचना नभएको बताएको छ ।शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति […]

सुर्खैतको बड्डिचौर बजारमा ८ वटा सीसी क्यामेरा जडान

वैशाख ३१, सुर्खेत । सुर्खतको बराहताल गाउँपालिका वडा न. ५ बडिचौरमा बजार क्षेत्रको विभिन्न चोक/स्थानहरूमा CCTV जडान गरिएको छ । CCTV जडान उद्धघाटन कार्यक्रमको आयोजना बराहताल गाउँपालिका गाउँ कार्यपलिकाको कार्यालय र अस्थायि ट्राफिक पोष्ट बडिचौरले गरेको थियो । कार्यक्रमको अध्यक्षता बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले गर्नु भएको थियो भने र प्रमुख अतिथिको रुपमा कर्णाली […]