दुर्गा प्रसाई एमाले केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं ।

नेकपा एमालेले दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शनिबार बसेको दोस्रो केन्द्रीय कमिटिको बैठकले प्रसाईलाई केन्द्रीय सदस्य बनाएको हो ।

प्रसाई कार्तिक ७ गते झापाको विर्तामोडमा भएको भव्य समारोहमा एमालेमा प्रवेश गरेका थिए ।

विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकट रहेका प्रसाई एमाले र माओवादी केन्दको एकतादेखि चर्चामा आएका हुन् । चितवनमा भएको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर आएका थिए । आफू प्रवेशसँगै अन्य माओवादी नेतालाई पनि उनले एमालेमा प्रवेश गराइरहेका छन् । लामो समय प्रसाई नेकपा माओवादी केन्द्रमा रहे ।