गिरिघाटका बाढिपिडितको ब्यवस्थापन गरीछाड्छु, अध्यक्ष भिम सावद

सुर्खेतमा गएको २०७१ सालको बाढिले पिडित बनेकाहरुको ब्यवस्थापनमा वडा अध्यक्ष भिम सावदले ब्यवस्थापनको प्रकृया सुरु गरेका छन् ।
केही दिन पहिले प्रत्येक बाढिपिडितको घर घरमा पुगेर उनिहरुको चाहना र आवश्यक्ताको बारेमा छलफल चलाएका उनले गाँउका बुद्दीजिवी, भद्र भलाद्मी सबैलाइ भेटेर सुझाव लिएको बताएका छन् ।
उनले भने धेरै लामो समय भयो । उनिहरुले अघिल्ला जनप्रतिनिधीहरुलाइ पनी निर्वाचित गरेर पठाएका थिए । तर उनिहरुको हालसम्म पनी पुर्नस्थापना हुन सकेन । गहिरो संग कुनै जनप्रतिनिधीको पनी ध्यान जान नसकेका कारण पनी यो समस्या बल्झी रहयो । अब यो पाली हामीले पनी बाढीपिडितको ब्यवस्थापनमा ध्यान दिएनौ र उनिहरुको ब्यवस्थापन गर्न सकेनौ भने त्यो जस्तो लज्जाको बिषय अरु हुनै सक्दैन् ।
उनले थपे बर्षौ देखी पिडामा परेका मेरा मतदातालाइ त्रिपालमा राखेर म कसरी घरमा सुत्न सक्छु । सबै भन्दा बढी मलाइ पिडादिने बिषय पनी हो यो । त्यसैले मेरो पहिलो प्राथमिकतामा मेरा दुख्खमा परेका जनताको ब्यवस्थापन नै हो ।
वडा अध्यक्ष सावदले बाढिपिडितको समस्या समाधानका लागि भन्दै सर्बदलिए, सर्व पक्षिय, बैठकको आयोजना गरी पिडितहरु बसेकै स्थान गिरिघाट सिविरमै बसालेर खुला छलफल चलाएका थिए ।
उक्त बैठकमा प्रमुख अतिथीका रुपमा उपस्थित भएका बराहताल गाउपालिकाका अध्यक्ष भिम भन्डारीले बाढिपिडितको समस्या समाधानका लागि सबै निस्वार्थ भावनाले लाग्नु पर्ने बताए । उनले भने वडा अध्यक्ष ज्यू लागिरहनु भएको छ । यसैमा सबै सरोकार वाला ब्यक्ती, राजनैतिक दलले गम्भिर रुपले सोचेर योजनाबद्ध तरिकाले यसको समाधान गर्नुपर्छ ।
छलफलमा बाडिपिडितका तर्फबाट अगुवाहरुले ३ ओटा बिकल्पहरु अघि सारेका छन् । पहिलोमा नजिकै रहेको चियापानी सामुदायिक बनमा रहेको खुल्ला स्थानमा ब्यवस्थापन गर्दा उपयूक्त हुने, दोश्रोमा बसेकै स्थानमा घडेरी स्वरुप थोरै जग्गा उपलब्ध गराए पनी हुने र तेश्रोमा संघ र प्रदेश सरकारले मिलेर सात लाख रकम एकमुस्ट उपलब्ध गराए पनी हुने बिकल्प अघि सारेका छन् ।
प्रमुख अतिथी भिम भन्डारीले पिडितहरुले अघि सारेका बिकल्पहरुका बारेमा बोल्दै रकम दिदाँ सबैका ब्यवस्थापनमा सोचेजस्तो सहज नहुने भन्दै पहिलो र दोश्रो बिकल्पका बारेमा छलफल चलाइ उपयूक्त निणर्य लिँदा राम्रो हुने बताए ।
वडा अध्यक्ष सावदले भने पिडितहरुले दिएका तिनवटै बिकल्पहरु जायज छन । ति मध्य पुनः सबै बुद्दीजिबी, राजनैतिक दलका प्रतिनिधी लगाएत संग परामर्स गरी कुन बिकल्प उपयूक्त हुन्छ सो को निक्र्यौल गरी जतिसक्दो छिटो ब्यवस्थापन गरिने छ र अब यो कामको सुरुवात भैसकेको छ । समाधान नहुन्जेल सम्म निरन्तर लागिरहने छु ।
बैठकमा राजनैतिक दलका तर्फबाट सहभागिता जनाएका नेकपा माओवादी केन्द्र बराहतालका अध्यक्ष बल बहादुर कठायतले भने अब हातमा हात साथमा साथ मिलाएर यो समस्यामा जुट्नु पर्छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधी भएर गएका बराहताल २ का इन्चार्ज घनश्याम खड्काले वडा अध्यक्ष जिले सुरु गर्नु भएको यो अभियानमा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
उक्त छलफलमा उपस्तिथ सबै बक्ताहरुले यो समस्या समाधानमा एकजुट भएरा लाग्नुका साथै तत्काल छिटो भन्दा छिटो समाधानका लागि हातेमालो गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।