राष्ट्रपति भण्डारीको कदमको स्वागत गर्दै युवासंघ नेपालले वीरेन्द्रनगरमा मनायो खुसीयाली

अश्विन ५,सुर्खेत । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपती विद्यादेवि भण्डारीले नागरिकता विधेयक रोक्न चालेको कदमको स्वागत गर्दै दिप प्रज्वलन गरेको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाबाट संसोधन नगरेरनंै दोस्रो पटक पेश भएको नागरिकता विधेयक अगाडि बढाउन नसकिने निणर्य गरेकी थिइन् ।
बुधबार बेलुका वीरेन्द्रचौकमा दीप प्रज्वलन गर्दै राष्ट्रपतिको कदमको स्वागत गरिएको हो ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय कमिटी सदस्य निर्मल बिष्ट,कमल बि.सी., राम बहादुर राना, प्रदेश कमिटी सदस्य धनिराम आचार्य,जिल्ला कमिटी संयोजक बासु आचार्य र नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपसचिव घनश्याम पाण्डेको उपस्थिती थियो ।