Search
Generic filters

मुगुको जनजागृति विद्यालय एक शिक्षकको भरमा चल्दै

मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका- २ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा छ । २०२८ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय सो विद्यालयमा दुई जना शिक्षकको दरबन्दी भए पनि हाल एक जना शिक्षकले मात्र अध्ययन अध्यापन गराइरहेका छन् ।

भएका शिक्षक पनि विद्यालयमा नबस्दा यस विद्यालयमा अध्ययनरत रहेका २७ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । विद्यालयमा नियमित शिक्षकहरू उपस्थिती नहुँदा लाखौँ मूल्यका सात कोठे भवन प्रयोगविहीन बनेका छन् ।

करिब चार सय घरधुरी भएको मुगुमा गाउँमा लामा, तामाङ र दलित समुदायको बसोबास छ । त्यहाँ एउटा मात्र प्राथमिक विद्यालय छ । निम्न आर्थिक परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्यापन गराउन शिक्षक नियमित नबस्ने भएकाले पठनपाठनमा समस्या भएको अभिभावहरुले बताए ।

शिक्षक नियमित नबस्ने भएकाले आफ्ना छोराछोरीलाई घोडा, चौंरी, गोठालो पठाउनु परेको अविभावक उगिर्न कामीले भने । हिमाली बस्ती भएको कारण ६ महिना मात्र पढाई हुन्छ । अहिले यार्सा संकलन गर्ने सिजन भएको हुँदा केही विद्यार्थी यार्सा संकलनमा गएका छ्न् । शिरानिचौरमा गाउँपालिकासँग सहकार्य गरेर पढाउने गरेको जनजाग्रती प्राथमिक विद्यालयका प्रधानाध्यापक पासाङ लामाले जानकारी दिए ।

अब आउँदा दिनहरूमा मुगु गाउँमा रहेको विद्यालय र चितैमा रहेको विद्यालयमा अध्यायन गर्ने बालबालिकाहरुका लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले बताएका छ्न् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters