झापामा बाह्र मोटरसाइकल चोरीको आरोपमा आठ जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा झापामा आठ जना पक्राउ भएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित आज सार्वजनिक भएको छ ।

पक्राउ परेका आरोपितहरुमा गौरीगञ्ज गाउँपालिका-५ का १८ वर्षीय ओम प्रकाश यादव, अर्जुन धारा नगरपालिका-८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका-५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड-३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका-५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठलाइ प्रहरीले पक्राउ गरेको छ ।

केही महिना अगाडि देखि इलाका प्रहरी कार्यालय अनारमनीमा मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरीले टोली खटाएर सूक्ष्म रूपमा अभियुक्तको पहिचान तथा खोज तलास गर्ने गर्दै आएका थिए । आरोपितहरुले मोटरसाइकल चोरी गर्दै ग्यारेजमा थुपार्ने गरेको भेटीएको छ ।

खोज तलास गर्दै जाँदा प्रहरीले अर्जुनधारा-८ कदम गाछीस्थित अशोक विहारीको घरमा रहेको ग्यारेज र वडा नं १० स्थित विमल हुमा गाईंको घरमा सञ्चालित करण महमदको मोटरसाइकल ग्यारेजबाट र अन्य विभिन्न स्थानबाट चोरीका १२ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको हो । पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।