Search
Generic filters

बराहतालमा वडा नं ८ को वडा कार्यालय वडा नं ५ मा राख्नु पर्ने भन्दै तालाबन्दी

फोटो : नेपाल प्रेस

सुर्खेत ।सुर्खेतको बराहताल गाउँपालिका – ८ का वडाअध्यक्ष केशर कार्कीले पदबहालीसँगै गरेको पहिलो निणर्य विवादित बनेको छ ।कार्कीले आफ्नै वडाको दमारेस्थित जनकल्याण सामुदायिक वनको भवनमा अस्थायी कार्यालय सार्ने निणर्य गरेपछि विवादित बनेको हो ।

मासिक १० हजार भाडा तिरेर वडा नं ५ को कार्यलय बड्डीचौरमा संचालन भईरहेको छ ।त्यसरी भाडा पनि जोगिने र आफ्नै वडामा भएपछि स्थानीयलाई सहज हुने भन्दैँ आफ्नै वडाको दमारेस्थित जनकल्याण सामुदायिक वनको भवनमा अस्थायी कार्यालय सार्ने निर्णय बैशाख १२ मै निर्णय गरेका थिए ।

सो भवनमा ४०० जना क्षमताको हलसहित तीन कोठा र शौचालय छ ।

अहिले कार्यालय रहेकै ठाउँ वडाम्बर ५ मा कार्यालय राख्नुपर्ने मागसहित कार्यालयमा तालाबन्दी गरिएको छ ।

त्यहाँबाट कार्यालय हटाउने र आफ्नै वडामा कार्यालय सञ्चालन गर्ने निणर्यमा नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट बनेकै कारण पूर्वअध्यक्ष बस्नेतका छोरा मदन बस्नेतको अगुवाइमा मंगलबार बिहान ६ बजे कार्यालयमा ताला लगाइएको स्थानीयले बताए।

स्थानीय कमल शाही भन्छन्, ‘हामीलाई पायक पर्ने स्थानमा वडा कार्यालयले गरेको निणर्य ठीक छ ।त्यहि कार्यान्वयन भए स्थानीयका लागि राम्रो हुन्छ ।’

वडाअध्यक्ष कार्की भने आफूले गरेको निणर्य जायज रहेको बताउँदै वडा कार्यालयको भाडावापत हुने खर्च जोगाउन यस्तो निणर्य गरेको बताउँछन् ।

‘त्यो निणर्य जनताको पक्षमा गरेको हो ।राजनीतिक रंग दिएर समाजलाई विभाजित गर्ने प्रयास हुँदैछ’, उनले भने, ‘हामी वडा पालिकाका सबै जनप्रतिनिधिले गरेको निणर्यमा उभिएका छौं ।अर्को वडामा कार्यालय सञ्चालन गर्ने कुरा सह्य हुँदैन ।वार्षिक भाडावापत खर्च हुने रकम बरु यहाँको बाटोघाटो विद्यालयमा लगाउँछौं ।’

पालिका अध्यक्ष भीम भण्डारीले जनताको पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्नेगरी राख्न सुझाब दिएका छ्न् ।

बराहताल–८ को वडा कार्यालयमा तालाबन्दी, राजनीतिक दलहरुद्धारा विरोध
सुर्खेत । बराहताल गाउँपालिका वडा नं. ८ को कार्यालयमा गरिएको तालाबन्दीले कार्यसम्पादनमा बाधा भएपछि वडामा क्रियाशील राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । कार्यालयमा तालाबन्दी गरेर जनतालाई सेवा पाउने अधिकारबाट...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters