Search
Generic filters

श्रीमानको यातनाबाट घाइते गिता माझीको उपचार क्रममा मृत्यु

श्रीमानको यातनाबाट घाइते खैरहनीकी गिता माझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी माझी भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीकाअनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए । उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्‍ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो ।

स्थानीयबासिन्दाले थाहा पाएपछि श्रीमानलाई प्रहरीको जिम्मा लगाएर गीतालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो ।

सोमबार दिउँसो उनको शल्यक्रिया भेको थियो । तर राति १२ बजेतिर उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए हुन् ।

गीताका ४० वर्षीय श्रीमान रामचन्द्र माझीलाई प्रहरीको नियन्त्रणमा लिएको छ । उनीविरुद्धमा प्रहरीमा उजुरी गरिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीको प्रतिवेदनकै आधारमा अनुसन्धान गरिरहेको स्रोतलाई जानकारी दिए ।

‘यो पटक त गीताले सहनै नसक्ने यातना पाइन्,’ स्थानीय जनप्रतिनिधिसमेत रहेकी पासवानले भनिन्, ‘श्रीमानलाई प्रहरीमा बझाएका छौं। उसलाई कडा कारबाही होस्।’

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters