काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता लिए नेपाल भाषामा सपथ

काठमाडौं
महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा (बालेन) शाहले सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित शाहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे ।

प्रमुख शाहसँग उपप्रमुख सुनिता डंगोलले पनि नेपाली भाषामा सपथ लिएकी छिन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि सपथ लिनलागाएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

सपथ पछि सोमबार प्रमुख शाह र उपप्रमुख सुनिता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्दैछन् ।