यस्ता छन् आगामी आर्थिक वर्षको बजेटमा परेका नाराहरू

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न नाराहरू अघि सारेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पनि केही नाराहरू रहेका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले विभिन्न नारा अघि सारेको छ । अर्थ मन्त्रालयले विज्ञ टोलीको सहयोगमा यी नाराहरू तयार पारेको थियो ।

बजेटमा परेका नाराहरू यस प्रकार रहेका छन् ।

  • स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि
  • एक स्थानीय तह, एक विशिष्ट उत्पादन
  • जनताको रहर, हरित सहर
  • हाम्रो विद्यालय हाम्रो जीम्मेवारी
  • प्राविधिक तथा शिक्षाको विस्तारः समृद्धिको आधार
  • राज्यको अभिभारा एक घर एक धारा
  • चार भञ्जाङ चार सुरुङमार्ग (काठमाडौं उपत्यकाका बाँकी तीन भञ्जाङतर्फ टोखा-छहरे, गोदावरी-पनौती, सााँगा-बनेपा खण्डको सरुङमार्ग निर्माण गरिने)
  • साइबर सुरक्षाको सुनिश्चितताः एकाइसौं शताब्दीको आवश्यकता (राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने)
  • एक घर परिवार एक रोजगार, एक बस्ती एक आर्थिक पहिचान, एक वडा एक बजार
  • एक परिवार एक बीमा