सप्तरीको बोदे बर्साइनमा भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

भाउजूलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका-१ धनगढीका २५ वर्षीया परमेश्वर शाह रहेका छन् ।

उनले दाजु रविन शाहकी २७ वर्षीया श्रीमती राज कुमारी शाहलाई २१ माघ २०७८ मा घरमा खाना पकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्कीएर आगो लगाईदिएका थिए ।

उपचार गर्ने क्रममा राज कुमारीको निधन भएको थियो । भाउजूको मृत्यु पछि राजन फरार्र भएका थिए । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।