Search
Generic filters

वडा अध्यक्ष भएको ३ दिनमै भष्टचार मुद्दाले निलम्बनमा परेक हरेराम

काठमाडौं । नुवाकोट विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारीलाई भ्रष्टाचार मुद्दामा निलम्बन गरिएको छ । वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको भन्दै हरेराम निलम्बनमा परेका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित हरेरामसहित अन्य ३ जना विरुद्ध २०७६ साल भाद्र महिनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरिएको थियो ।

तर निर्वाचन आयोगलाई झुक्याएर आफ्नो सूचना लुकाएर गठबन्धनबाट उम्मेदवार बनेर वडा अहरेरामले अध्यक्षमा विजयी भएको आरोप छ ।

उनका सम्बन्धमा स्थानीयले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका थिए । त्यसपछि अख्तियारले पत्र लेखेर निर्वाचन आयोगलाई भण्डारी निलम्बनमा पर्ने जानकारी गराएको छ ।

विद्यालयको शिक्षक रहेको अवस्थामा भण्डारीले ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

सोही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरको हो । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रबार अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

जेठ ९ गते सोमवार सपथग्रहण गरेका हरिराम भण्डारीले वडा सदस्य राजकुमार श्रेष्ठलाई कावा वडाध्यक्षको जिम्मेवारी दिएर आफू घरमै बसेका छन । उनीमाथि भ्रष्टाचारको मुद्दा चलिरहेका कारण उनी स्वत निलम्बित हुने व्यक्ति हुन तर तीन दिन काम गरेर उनले कनिष्ठ वडा सदस्यलाइ कार्यबाहको जिम्मेवारी दिएका छ्न् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पनि भण्डारीको भ्रष्टाचारम मुद्दा टुंगो नलाग्दासम्म उनी निलम्बनमै रहने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

उजुरीकर्ताले सपथ नै रोक्न माग गरे पनि सत्तागठबन्धनको छायाँमा परेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय र विदुर नगरपालिकाको कार्यालयले उनको सपथ गराएको थियो ।

‘गोल्ड मेडलिस्ट’ उपसचिव २२ लाख घुससहित पक्राउ
१७ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर...
पुरा पढ्नुहोस् ..
केपी ओलीको आग्रह : भ्रष्टाचारलाई घृणा गर्नुहोस् !
झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रसेवक क्रमचारीलाई भ्रष्टचारलाई...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters