Search
Generic filters

प्रयोगकर्ताका डाटा बेचेको आरोप मा ट्वीटरमाथि १९ अर्ब जरिवाना

काठमाडौं । प्रयोगकर्ताका डाटाहरुको गैरकानूनी तरिकाले प्रयोग गरेको अभियोगमा ट्वीटरमाथि झण्डै १९ अर्ब रुपैयाँ जरिवाना गरिएको छ ।

अमेरिकाको संघीय वाणिज्य आयोग र कानून मन्त्रालयका अनुसार नियामक निकायहरुसँगको सहमतिको ट्वीटरले उल्लंघन गरेकाले ट्वीटरमाथि १५ करोड डलर जरिवाना गरिएको हो ।

ट्वीटरले प्रयोगकर्ताका फोन नम्बर तथा इमेल ठेगाना लगायतका निजी जानकारीहरु विज्ञापनदातालाई नदिने प्रतिबद्धता गरेको थियो । तर ट्वीटरले उक्त नियमको उल्लंघन गरेको संघीय अनुसन्धानकर्ताहरुले जनाएका थिए ।

यसअघि युरोपेली युनियनको डाटा गोपनियता नीति उल्लंघन गरेको भन्दै सन् २०२० को डिसेम्बरमा ट्वीटरमाथि चार लाख युरो जरिवाना लगाइएको थियो ।

संघीय वाणिज्य आयोग अमेरिकी सरकारले स्वतन्त्र नियामक निकाय हो जसले एकाधिकार व्यापार विरोधी कानूनहरुको कार्यान्वयनका साथै उपभोक्ताहरुको हीत संरक्षण गर्ने कार्य गर्दछ ।

कम्पनीको गोपनियता तथा सुरक्षा सम्बन्धी क्रियाकलापहरुको अपव्याख्या नगर्न भनी सन् २०११ मा दिएको निर्देशन ट्वीटरले उल्लंघन गरेको आयोगको ठहर गरेको छ ।

स्मरण रहोस् ट्वीटरको आम्दानीको प्रमुख हिस्सा यसको प्लाटफर्मममा प्रकाशित हुने विज्ञापनबाटै हुने गर्दछ ।

संघीय वाणिज्य आयोगको तर्फबाट कानून मन्त्रालयले अदालतमा दायर गरेको मुद्दामा ट्वीटरले सन् २०१३ देखि प्रयोगकर्ताको अकाउन्टको सुरक्षामा सुधार गर्ने भन्दै फोन नम्बर वा इमेल ठेगाना माग्ने गरेको तर त्यसरी प्रदान गरिएका फोन नम्बर तथा इमेल ठेगानाहरु लक्षित विज्ञापनका लागि दुरुपयोग गर्ने गरेको उल्लेख छ । ट्वीटरको यस्तो कार्यबाट यसका १४ करोड प्रयोगकर्ता प्रभावित भएको र यसले कम्पनीको आम्दानीमा वृद्धि गर्ने वाणिज्य आयोगको ठहर छ ।

बीबीसी बाट

४४ बिलियन अमेरिकी डलरमा एलन मस्कले किन्दै ट्विटर
FILE PHOTO: Elon Musk’s twitter account is seen on a smartphone in front of the Twitter logo in this photo illustration taken, April 15, 2022. REUTERS/Dado Ruvic/Illustration माइक्रोब्लगिङ साइट ट्विटरको...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters