प्रचण्डको अपिल: समाजवादको लक्ष्य पुरा गर्न लोकतान्त्रिक वाम-गठबन्धन गरौं !

माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन अपील गरेका छन् । १५ औँ गणतन्त्र दिवसको शुभकामना दिदैँ प्रचण्डले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेका हुन् ।

देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताए ।

‘१० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु।’ प्रचण्डको शुभकामनामा भनिएको छ ।