Search
Generic filters

१५ मिनेटका लागि स्थगित संसदको बैठक २ घण्टासम्म पनि शुरू भएन

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक शरु भएको छैन् ।

१५ मिनेटका लागि भन्दै बिहान साढे ११ बजे स्थगित भएको बैठक दिउँसो साढे १ बजेसम्म शुरू भएको छैन ।

बैठक शुरू गर्न कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूबीच अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा छलफल भइरहेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार प्रतिनिधि सभामा गरेको सम्बोधनका कतिपय कुरालाई मन्त्री बडुले स्तरहीन, रोदन र कुण्ठा भने पछि एमालेले संसदमा होहल्ला गरेर आपत्ति बनाएका थियो ।

कमिसनको लोभमा नेपाल आयल निगमलाई निजीकरण गर्न लागिएको भन्ने ओलीको आरोप राजनीतिक पूर्वाग्रह प्रेरित र स्तरहीन भएको मन्त्री बडुले टिप्पणी सम्मेत गरेका थिए ।

ओलीमाथि लगाइएको आरोप र असंसदीय शब्द संसदको रेकर्डबाट हटाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधि सभामा उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।

गत वर्षको भदौ २३ देखि एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो । जेठ ३ गतेदेखि प्रतिनिधि सभामा एमालेले अवरोध हटाएको थियो ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters