Search
Generic filters

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जादैँ

काठमाडौँ, २१ पुस सिंहदरबारमा बुधबार ‘सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन , विकासका प्राथमिकता र सुशासन प्रवर्द्धन’ सम्बन्धमा छलफल गर्न बसेको बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा , मन्त्रीगण, सचिवहरु लगायत । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा असारको अन्तिमतिर अमेरिका भ्रमण जाने भएका छ्न् । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तरको भ्रमण भएको छैन् ।

नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ । सैनिक स्रोतका अनुसार शर्माले असारको पहिलो वा दोस्रो साता भ्रमण गर्ने गृहकार्य भइरहेको छ । शर्मा अमेरिका भ्रमणको दौरान संयुक्त राष्ट्रसंघमार्फत नेपाल शान्ति स्थापनामा संलग्न इजरायललगायतका केही मुलुकमा पनि पुग्ने स्रोतले जनाएको छ ।

नेपालले आउने कात्तिक/मंसिरलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको हो । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भ्रमणका सम्बन्धमा दुवै पक्ष सकारात्मक रहेको बताए । ‘तर अहिले नै कहिले भ्रमण हुन्छ वा हुन्न भन्ने बेला भइसकेको छैन,’ उनले भने ।

नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण नभए पनि पछिल्लो समय अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले यही जेठ ६–८ मा नेपालको भ्रमण गरेकी थिइन् । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् ।

‘अमेरिका भ्रमण मा तत्काल जान नपाउने भए प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निणर्यका भएपछि प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो ।माओवादी केन्द्रका अध्यक्ष...
पुरा पढ्नुहोस् ..
“यहीँ मेरो घर र गाउँ हो यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षा लगायतका सबै क्षेत्रमा मैले विकास गर्ने छु ।”: देउवा
शेरबहादुर देउवाले काँग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन् । गृह गाउँपालिका गन्यापधुरा-२ बडालमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले भने, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters