रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली काँग्रेसको प्यानल निर्वाचित


रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली काँग्रेसको प्यानल निर्वाचित भएको छ । काँग्रेसबाट मेयरका उमेदवार गोपाल राययादव र उपमेयरका उमेदवार अमवेया खातुनको प्यानल निर्वाचीत भएको हो ।

काँग्रेसका उम्मेदवार अम्बेया खातुन १ हजार ४ सय ९४ मतको अन्तरले उपमेयरमा विजयी भएकी छन् ।

खातुनले कुल ५ हजार १ सय ६२ मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेको उमेदवार तथा निवर्तमान उपमेयर कान्तिदेवी महतोले ३ हजार ६ सय ६८ मत प्राप्त गरेकी छन् ।

काँग्रेसबाट मेयरका उम्मेदवार गोपालराय यादव १ हजार २ सय ९० मतको अन्तरले विजयी भएका छन् । नवनिर्वाचित मेयर गोपालराय यादवले ४ हजार ८५१ मत पाएका थिए ।

उनको निकटतम प्रतिद्वन्द्वी एमालेका मेयरका उम्मेदवार विजय यादवले ३ हजार ३६१ मत प्राप्त गरेका थिए । काँग्रेसले रौतहकाे सात पालिकामा विजयी हासिसल गरेको छ ।