Search
Generic filters

विजयी जुलुसको र्याली ल्याएर काठमान्डौं नआउनु : बालेन शाह

काठमाडौं महानगरपालिका नयाँ मेयर बालेन्द्र शाह | Pic. @binay_creation

बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको नयाँ मेयर हुने अनौपचारिक रूपमा पुष्टि भएको छ ।

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन्।

उनले बुधबार फेसबुकमा लेख्दै आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन्।

मतदाताहरूले आफूलाई काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको बताए ।

यस्तो छ बालेनको भनाइ:

मेयरमा आफु निर्वाचित हुने पक्का भएपछि बालेनले आफ्नो फेस्बुकमा लेखेका छ्न्, ” स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।

जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।

अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।

अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।

हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।

अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।”

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters