Search
Generic filters

७ सय ३४ पालिकाको मत गणना सकियो । कुन दलको भागमा कती तालिका हेर्नुहोस्

काठमाण्डौ
देशभरका ७ सय ५३ वटा पालिकामध्ये हालसम्म ७ सय ३४ वटा पालिकाको मत गणना सकिएर अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी १९ वटा पालिकामा केही स्थानममा मतगणना भैरहेको छ भने केही स्थानमा मतगणनाको तयारी भैरहेको छ ।
सकिएको मतगणनाको नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १ सय २३ वटा गाउँपालिकामा प्रमुख जितेको छ ।
तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ ।
यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार-चार वटा पालिकाको प्रमुख पद जितेका छन् ।

यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक-एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष निर्वाचित दलगत विवरण

नेपाली कांग्रेस
मेयर/अध्यक्ष-३ सय २१
उपमेयर/उपाध्यक्ष-२ सय ९५

नेकपा एमाले
मेयर/अध्यक्ष-२ सय
उपमेयर/उपाध्यक्ष-२ सय २८

माओवादी केन्द्र
मेयर/अध्यक्ष-१ सय २०
उपमेयर/उपाध्यक्ष-१ सय २८

जसपा
मेयर/अध्यक्ष-२९
उपमेयर/उपाध्यक्ष-३०

एकीकृत समाजवादी
मेयर/अध्यक्ष-१९
उपमेयर/उपाध्यक्ष-२१

लोसपा
मेयर/अध्यक्ष-१५
उपमेयर/उपाध्यक्ष-११

राप्रपा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-४

जनमोर्चा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३

जनमत पार्टी
मेयर/अध्यक्ष-२
उपमेयर/उपाध्यक्ष-१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१

तमलोपा
मेयर/अध्यक्ष-१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१

विवेकशील साझा
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१

स्वतन्त्र
मेयर/अध्यक्ष-१२
उपमेयर/उपाध्यक्ष-४

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters