काठमाडौँमा पिडित युवतीले पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी

काठमाडौँ ।
सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छिन् । पीडित युवतीले पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-०६४ अनुसारको कसुरमा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छिन् ।

जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताएका छन् । भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना सम्मेत गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप रहेको छ ।

पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको अपराध अनुसन्धान कार्यालयको टोलील जानकारी दिएका छन् ।