Search
Generic filters

विराटनगर महानगरपालिकामा मात्रै ३४ हजार १६७ मत बदर

७ जेठ, विराटनगर
विराटनगर महानगरपालिकाको उपमेयरमा आश्चर्य चकित हुनेगरी मत बदर भएको पाइएको छ । मत गणनामा निर्वाचितले पाएको भन्दा बढी मत बदर भेटिएको पाइएको छ ।

अन्तिम परिणाम अनुसार उपमेयरमा निर्वाचित एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत पाएकी छन् । सो मध्य उपमेयर पदमा मात्रै ३४ हजार १६७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगरमा जम्मा ८९ हजार ३७८ मत खसेको थियो । जसमध्ये मेयरमा ६८ हजार ३६ र उपमेयर पदमा ५५ हजार २२९ मत सदर भएको थियो । मेयरमा २१ हजार ३५८ र उपमेयरमा ३४ हजार १६७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपमेयर पदमा करिब ३८ प्रतिशत मत बदर भएको छ । मेयरमा करिब २४ प्रतिशत मत बदर भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगरको मेयर- उपमेयरमा २४ प्रतिशत मत बदर भएको थियो ।

मेयरमा निर्वाचित नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५, स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५२१६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कार्कीले २५ हजार ६८० मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पाँच हजार ११७ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदरमध्ये अधिकांश मत उम्मेदवार नभएको चुनाव चिह्नमा परेको छ ।

चितवनमा गठबन्धनलाई हराउँदै नेकपा एमाले बन्यो पहिलो दल
चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै...
पुरा पढ्नुहोस् ..
केएमसीमा विपक्षी विद्यार्थी संगठनकाे तालाबन्दी (भिडिओ)
काठमाडौं नेकपा एमाले निकट अनेरास्ववियु लगायतका विपक्षी गठबन्धन विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै बढी शुल्क लिएपछि अनेरास्ववियु लगायतका...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters