काठमाडौंमा ट्यांकरको ठक्करबाट एकजना पैदलयात्रीकोे निधन

काठमाडौं ।
काठमाडौंमा ट्यांकरको ठक्करबाट एकजनाकोे मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-५, थलीस्थित हरियाली नगरमा पानीको ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई थली बस्दै आएका अन्दाजी ६० वर्षीय नर बहादुर खड्काको ट्यांकरको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका खड्काकोे उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु छ ।

आज बिहान ८ बजे बा ४ ख ५००५ नम्बरको ट्यांकरले पैदल हिँडिरहेका खड्कालाई ठक्कर दिएको थियो । ट्यांकर सहित चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा राखीएको छ ।