मोरङका ६ स्थानीय तहको मत गणना सम्पन्न, एमाले र कांग्रेस ३-३ वटामा विजयी

विराटनगर

मोरङका ६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएकोे छ । बुधबार बिहान सम्ममा एक नगरपालिका सहित ५ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
एमालेले लेटाङ नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजय हासिल गरेकाे छ ।
नेपाली कांग्रेसले जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख पदमा विजय हासिल गरेको छ । मिक्लाजुङको उपप्रमुखमा माओवादी केन्द्र र कटहरीको उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् ।
१७ वटा स्थानीय तह रहेको मोरङमा अहिले विराटनगर महानगरपालिका सहित ११ वटा स्थानीय तहको मतगणना जारी छ । विराटनगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले उम्मेदवारले अग्रता कायम गरेका छन् ।