Search
Generic filters

गुराँस गाउँपालिकामा एमालेको जित सुनिश्चित, काँग्रेसबाहेक अन्य सबै दलको एमालेलाई नैतिक समर्थन

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य तथा गुराँस गाउँपालिकाबाट एमाले तर्फका अध्यक्ष पदको उम्मेद्वार टोप वि.सीले गुराँस गाउँपालिका एमालेमय भएको बताएका छ्न् । गुराँसमा सबै पुराना नेतृत्वदेखि आजित भईसकेको र अहिले नेकपा एमालेप्रती गुराँसका जनता निक्कै उत्साहित र आशावादी भएको बताउँदै गुराँस गाउँपालिकामा एमालेको जित सुनिश्चित भईसकेको बताएका हुन् ।

भोली बैशाख ३० गते शुक्रबार भोलीबाट देश पालिका तह निर्वाचनमा होमिदैँ छ । अर्थात मतदान सुरु हुन् केहि घण्टामात्र बाकीँ छ ।

यस्तै गुराँस गाउँपालिकामा ५ वटा दल चुनावी मैदानमा उत्रिएका छ्न् । सर्वसाधरणदेखी स्थानीय नेताहरू आंकलन अनुसार गुराँसमा पहिलो बलियो संगठनका रुपमा नेकपा एमाले, दोस्रोमा नेपाली काँग्रेस र तेस्रोमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भएको दावी गरेका छ्न् ।

०७४ को चुनावलाई हेर्ने हो भने ४१ सय मत काँग्रेसले प्राप्त गरेको थियो । नेकपा एमालेले ३४ सय मत प्राप्त गरेको थियो । करिव ६०० को मतान्तरले पालिकालाई काँग्रेसले आफ्नो किल्ला बनाएको थियो ।

तर अहिले गुराँस गाउँपालिकाको चुनावी माहोल हेर्ने हो भने अहिलेको मत परिणाम भिन्न आउने आंकलन गरिको छ । गत चुनावमा गुराँस गाउँपालिकामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाए पनि गुराँसका जनताहरू खुसी भने हुन् सकेन् । चुनावी रिपोर्टिङ्गका दौरान गुराँस गाउँपालिका वडा नं २ का एक स्थानीयले बताए, “काँग्रेस हुनुपर्ने सर्तमा मलाई २०० मिटर पानिको पाईप दिईएका थिए | पछि मलाई एमालेको चुनावी कार्यक्रममा देखेपछि दिईएको पाईप खोसेर लगें ।”

अर्को रोचक कुरा, देशभर एमाले एकातिर र ५ दलिय सत्ता गठबन्धन अर्कातिर भयो तर, गठबन्धन केन्द्रमा मात्र हुन सक्यो । स्थानीय स्तरमा भने गठबन्धन तितर बितरनै भयो । यस्तै गुराँस गाउँपालिकामा गठबन्धन हुन् सकेंन । त्यहिमाथि गुराँसमा नेपाली काँग्रेस आन्तरिक रुपमा भिभाजित भएको छ भने गत निर्वाचनमा काँग्रेसलाई मदतदन गरेका जनता काँग्रेसँग निराश भएका छ्न् ।

गुराँस गाउँपालिकामा एमाले जित्ने निश्चित

नेपका एमालेले यो पटकको निर्वाचनमा उम्मेद्वारको मनोनयन प्रकृयामा बिषेश मापदण्ड बनाएको थियो । अघिल्लो निर्वाचनमा भएको कमि कम्जोरीलाई समेत सम्बोधन गरेर बलिया उम्मेद्वार चुनेको छ । यस्तै नेकपा एमाले गुराँसले गाउँपालिकाको वडा नं ४ मा बाहेक अन्य सबै वडामा नयाँ उम्मेद्वार मनोनयन गरेको छ । गाउँपालिका अध्यक्ष उम्मेद्वार टोप बि.सी. ले, ” जनता माझ राम्रो छवि भएको, सामाजिक कार्यमा सहभागि भईरहेको, शिक्षित जनतालाई सम्बोधन गर्ने सक्ने मात्र उम्मेदवार मनोनयन गरिएको बताए ।”

कमिटि अध्यक्ष भिम वलीले ऐतिहासिक बिरासत बोकेको सो गाउँपालिकाबाट एमालेको विजय सुनिस्चित भैसकेको जिकिर गर्दै उनले रुप फेरेर जनतासंग आउनेहरुदेखि गुराँसवासी सतर्क भइसकेको विशाल जन सहभागिताले पुष्टि गरेको बताएका छन् । जनताबाट स्वीकृत हुन कामै गर्नुपर्ने भन्दै एमालेका विकासका अभियन्तालाइ जिताउन आग्रहसमेत गरे ।

नेकपा एमालेले गरेको विकास सबैका लागि हुने र विकास गर्ने पार्टीदेखि कोही पार्टी नआत्तिन आग्रह गर्दै विकासका काम नै एमालेको परिचय भएको एक स्थानिय नेताले उल्लेख गरे ।

वडा नं ८ का अध्यक्ष तथा पत्रकार दिपेन्द्र वोलीले सो वडालाई पूर्ण भौतिक पूर्वाधार सहितको समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गरेका छ्न् । गत निर्वाचनमा आफुले जितेका ४ वडामा र प्रतिपक्षमा रहदा पनि आफुहरुले गरेका उल्लेखनिय विकासका योजनाको चर्चा गर्दै नयाँ योजनाका प्रतिवद्वता जनाएका छ्न् ।”

यसैबिच मौन अवधि सुरु हुनुअघि नेकपा एमाले गुराँले वडाका बिभिन्न स्थानमा गरेका कोणसभा र आमसभामा स्थानीयको रहर लाग्दो साथ नै यसमा काफी भएको, अध्यक्ष बि.सी. ले उल्लेख गरे । गुराँसवासीको उत्साह जनक सहभागिता, सकारात्मक सन्देश दिएको र अब आशाको केन्द्र भएकोसमेत बताए ।

यस्तै गुराँस गाउँपालिकामा नेपाली काँग्रेसका पछिल्ला गतिबिधि ठिक नभएको बताउँछ्न् गुराँसबासी । पछिल्लो गुराँसबासीहरुले उनिहरुलाई चिनिसकेकोसमेत बताए ।

प्रष्ठ र बलिया उम्मेदवार : नेकपा एमाले गुराँसले उम्मेद्वार मनोनयन का मापदण्डमा आधारीत रहेर, जनमुखि, निष्पक्ष, गाउँ समाजमा कुशल छबि, शैक्षिक योग्यता प्राप्त भएका र समाजिक कार्यमा अनुभबि उम्मेदवार मनोनयन गरेको छ । गाउँपलिका अध्यक्ष पदका उम्मेदवार तथा नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य टोप बि.सी लामो समयदेखि सामाजिक राजनीतिक र शैक्षिक क्षेत्रमा निरन्ततर सक्रिय छ्न् ।

त्यस्तै एमालेबाट गुराँस गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार शिवा खड्का झुझारु समाजसेवी र उद्यमि महिला हुन् । लामो समयदेखि उद्यम र महिला बिकासकी अभियान्ताको रुपमा गाउँ समाजमा परिचित छिन् । उनि नेपालकै १०८औं सफल महिले उद्यमीसमे हुन् ।

यस्तै पालिका का आठै वडामा उभिएका उमाले उम्मेदवारहरु बलिया आधारशिला भएका छ्न् । कोहि समाजमा राम्रो छबि बनाईसकेका छ्न् त, कोहि शैक्षिक, कृषि, उद्यम, प्रबिधि, बिज्ञान, बिकास र नीतिमा प्रष्ठ भएका उम्मेदवारहरू छ्न् ।

युवा सहभागिता र महिलाको सम्मानजनक सहभागिता : गठबन्धन आफैमा सत्यानास भईरकेको बेला एमाले ले राजनीतिक संस्कारमा नयाँ सकारात्मक सन्देश प्रवाह गरेको छ । पुस्ता हस्तान्त्रण गर्न नसकेर आफैमा भत्किरहेको काँग्रेस गठबन्धनको बाटोमा लागेपछि त तितरबितरनै बनेको छ । महिला उम्मेदवार खडा गर्ने सवालमा त गठबन्धन शुन्यनै भयो । तर नेकपा एमालेले भने युवा र महिला सम्पूर्णलाई लक्षित गरेर कयौँ स्थानमा नयाँलाईसमेत उम्मेदवार बनाउँदै एकता, उत्साह, नयाँ आशा, सम्मान जनक महिला-पुरुष युवा सहभागिता, समाजमा राम्रो समर्थन भएका, आचारसहिता पालना र संगठित भएर राजनीतिक संस्कारमा नयाँ संदेश दिएको छ ।

राप्रपासँग चुनावी तालमेल र नेपाली काँग्रेसबाहे अन्य सबै दलको एमालेलाई नैतिक समर्थन : नेकपा एमाले गुराँस गाउँपालिकामा राप्रपा र एमालेबिच चुनावी तालमेल भएको छ । भने नेपाली काँग्रेसबाहेक अन्य पालिकाबाट निर्वाचनमा सहभागि भएका दलले नैतिक रुपमा नेकपा एमालेलाई समर्थन गर्ने भएका छ्न् ।

एमाले र राप्रपा नेपालले चुनावमा तालमेल गर्ने
एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
पुरा पढ्नुहोस् ..
केएमसीमा विपक्षी विद्यार्थी संगठनकाे तालाबन्दी (भिडिओ)
काठमाडौं नेकपा एमाले निकट अनेरास्ववियु लगायतका विपक्षी गठबन्धन विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै बढी शुल्क लिएपछि अनेरास्ववियु लगायतका...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters