Search
Generic filters

आजको मौसम: चक्रवात असानीको प्रभावले प्रदेश १ लगायत यी प्रदेशमा वर्षा

नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानहरूमा मेघ/गर्जन सहित वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बुधवार प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पुर्वानुमान महाशाखाले बताएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै बिहीबार पनि प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

शुक्रवार पनि प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र बागमती प्रदेश केही स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको मौसमः चार प्रदेशमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना
आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters