वैशाख ३० गते देशभर पानी पर्ने सम्भावना पूर्वतयारी रहन सचेत


काठमाण्डौ

मौसम विद्हरूले पालिका चुनावको दिन वैशाख ३० गते देशभरऋ प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतवार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न मौसम विद्हरूले जानकारी दिएका छन् । पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले ’आसानी’ नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताउए । यस आँधीको असर भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने जानकारी दिए ।

वैशाख ३० गते पालिका चुनावको दिन पानी पर्ने पूर्वननुमान गरिएकै समयमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताउनुभयो । उहाँले बताउनुभयो, ‘बङ्गालको खाँडीमा न्यून चापीय अवस्था आसानी समुद्री आँधीको रूपमा विकसित भएको छ । यसको प्रभावले वैशाख २७ गते रातिदेखि २८, २९ र ३० गते पानी पर्ने सम्भावना देखिएको छ । उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो हप्तासम्म बढी पानी पर्ने अवस्था थियो ।‘

जलवायुविद् डा. उप्रेतीले चुनावको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिनुभयो । उहाँले सुझाव दिँदै भन्नुभयो, ‘चुनावको मुखमा पानी पर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले तयारीमा ध्यान दिनुपर्छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुन सक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुन सक्छ ।