Search
Generic filters

गुराँस गाउपालिका दैलेखको वडा नं.५ मा काँग्रेसकाे किल्ला ताेडने एमालेकाे दावी

दैलेख । दैलेखको गुराँस गाउपालिका वडा नं. ५ काे अघिल्लाे निर्वाचनमा भारी मतान्तरका साथ जित निकालेकाे काँग्रेसका लागि याे निर्वाचन नफाप्ने देखिएकाे छ । अघिल्लाे निवार्चनमा झन्डै ३०० मतान्तरले जितेकाे नेपाली काँग्रेसलाइ यसपाली त्यहाँका स्थानिय वासिन्दाले साथ छाेडदै नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार भुपेन्द्र बहादुर चन्दकाे कित्तामा उभिएका छन् ।

चन्द भन्छन “अहिले नै राजनितीमा अाउने साेचेकाे थिएन तर स्थानिय वासीकाे अाग्रहमा मेराे उमेद्वारी परेकाे हाे । मैले उमेद्वारका लागि शिक्षक पेशाबाट राजिनामा दिने र सबै स्थानियहरूले जिताउनका लागि एउटै कित्तामा उभिने पहिलेकाे सल्लाह बमाेजिम नै अाज ५२ घर धुरीले खुलेरै काम गर्नका लागि पार्टी प्रवेश गरेका हुन” । “पार्टी प्रवेश गर्न बाँकी अन्य छिमेकी र अाफन्तहरूसंग पनी कुरा भैरहेकाे छ । उहाँहरूकाे बचन मैले पुरा गरेकाे छु र मलाइ जिताउने बचन उहाँहरूले पनी पुरा गर्नुहुने छ भन्ने अाशा गरेकाे छु ।”

उमेद्वार चन्द शिक्षक पेशाबाट राजिनामा दिएर राजनीतिमा हाेमिएका हुन । उनकाे छवी राम्राे भएका कारण ५ नं.वडामा उनले जित्ने मात्रै हाेइन पालिकामा समेतकाे जित सुनुश्चित भएकाे स्थानियहरू बताउछन । अघी यही वडाकाे मतप्रभावले नेकपा एमालेले पालिका समेतमा हार बेहाेर्नु परेकाे थियाे । गाँउ नै पार्टी प्रवेशकाे याे कदमलाइ गुराँस गाउपालिकामा अर्थपुर्ण र निर्णायक शक्तिकाे रूपमा हेरिएकाे छ ।

नव प्रवेशीहरूलाइ स्वागत गर्दै पालिका अध्यक्ष उमेद्वार टाेप बिसीले खुसी ब्यक्त गरेका थिए । उनले भने “अन्य दलले अहिले अत्तालिएर अनैतिक हर्कत गरिरहेका छन् । हाम्राे प्रचार प्रसारमा बाधा उत्पन्न गर्ने, हाम्राे पार्टीमा अास्था राख्ने मतदाताहरूलाइ प्रभावमा पार्न बिभिन्न प्रलाेभन देखाउने, अघिल्लाे निर्वाचनमा गरेकाे छलछाम झै अहिले पनी जनतालाइ ढाँटने र जित्ने सपना बुनीरहेका छन तर जनताले मान्नेवाला छैनन । अब गुराँसमा धाेखाधडी चल्नेवाला छैन । उनिहरूसंग छलकपट, झुट, र धाेखाधडी बाहेक केही छैन । त्यही भएर त जनताबाट यसपालीकाे निर्वाचनमा मत पाइदैन भनेर उनिहरू अपबित्र गठबन्धन गरेर बिचार र सिद्दान्त नमिल्ने गुटहरूका बिचमा तालमेल गरेरै भएपनी जनतालाइ लुटने सपना बुनीरहेका छन् । अब त्याे हुनेवाला छैन । जसरी याे गाँउका मतदाता जागे त्यसरी नै अन्य वडाका मतदाताले पनी हामीसंग कसम खाइसकेका छन् हामी धाेखेबाजहरूलाइ हराउछाै र एमालेलाइ मतदान गर्छाै भनेर”

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters