Search
Generic filters

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् ।

भारतीय पत्रिका ’द हिन्दु’ का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनीमा भ्रमण गर्ने योजना बनाएका छन् । भ्रमण केही घण्टाको मात्रै रहने छ ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण रहेकाे छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुने छ ।

नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन् । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने योजना बनाएका छन् ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा गरी चार पटक नेपाल भ्रमण आउनुभएको थियो । सन् २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका मोदीले समय अभावका कारण लुम्बिनीको भ्रमण स्थागित गर्नुभएको थियो । सन् २०१५ मा नाकाबन्दी र त्यसपछि सन् २०१९ मा सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न पनि भएको थियो ।

यो भ्रमणबाट बुद्धको जन्मस्थललाई लिएर उत्पन्न विवादलाई पनि मत्थर पार्ने अपेक्षा गरिएको द हिन्दुले लेखेको छ । मोदी अहिले तीन दिने भ्रमणका क्रममा युरोपमा हुनुहुन्छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters