Search
Generic filters

गोरखाको सिरानचोकमा जीप दुर्घटना: तीन जनाको मृत्यु

संकेत तस्वीर

गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा हिजो सोमवार बेलुकी जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । तीनै जनाको परिचय पनि खुलेको छ ।

ज्यान गुमाउनेहरूमा बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती नगरपालिका १४ का ८० वर्षीय उत्तरकुमार सिग्देल र काठमाण्डौ महानगरपालिका १६ बनस्थली बस्ने ४५ वर्षीय पदम न्यौपाने रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिएका छन् ।

चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गोरखाबाट चितवन फर्कने क्रममा हिजो बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको थियाे। तीन जना यात्रु चढिसकेपछि अन्य दुई जनालाई चढाउनका लागि सहयोग गर्न जीप चालक सिट बाहिर ओर्लिएका बेला ओरालोमा रोकिराखेको जीप पछाडि सर्दै सडकबाट तल खसेको प्रहरीले बताएको छ ।

जीप चालक भरतपुर महानगरपालिका १८ धर्मपुरका घनश्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा लगिएको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters