Search
Generic filters

आमा : जो दुई हप्ताकी नवजात शिशु बोकेर चुनाव प्रचारमा

बैतडी । बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार सुमित्रा ऐर दुई हप्ताको शिशु काखी च्यापेर चुनावी प्रचारप्रसारमा होमिएकी छिन् ।

१२ वैशाखमा मनोनयन दर्ता गर्न जाँदा उनी १२ दिनकी सुत्केरी थिइन् । मनोनयन दर्ता गरेसँगै उनी वडा तथा टोलटोलमा भएका प्रचारका कार्यक्रममा गइरहेकी छिन् । ‘छोरो जन्मेको दुई हप्ता भयो, अहिले घरदैलो अभियानमा छौं’,‘शिशुलाई पनि सँगै लगेर चुनाव प्रचारप्रसारमा छु । टिकट पाएपछि दौडधुप त गर्नै पर्‍यो नि ।’ उनले भनिन्, ।

आफ्नो बच्चाको स्वास्थ्य ख्याल राखिरहेको उनले बताइन् । ‘स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्छ भनेका छन्, खानपानमा त ध्यान दिएकै छु । चुनावी दौडधुप छ, परिवारको राम्रो साथ छ’, उनले भनिन् । ऐरलाई सहयोग गर्न उनका श्रीमान पनि आफुसँगै चुनावी प्रचारप्रसारमा जाने गरेका छन् ।

२०७४ सालको चुनावमा पनि उनले उपाध्यक्ष दाबी गरेकी थिइन् । तर कांग्रेसले उनलाई टिकट दिएन । ५ वर्षपछि पार्टीले टिकट दिएकाले उनी खुसी अभे छिन् । २०७४ सालको चुनावमा सिगास अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेस लै जितेको थियो । त्यतिबेला चुनाव जितेका हरिसिंह धामीलाई नै कांग्रेसले दोहोर्‍याएको छ ।

सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भने पनि यहाँ तालमेल हुन सकेन । त्यसैले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवार उठाएर लडेका छ्न् ।

सिगास गाउँपालिका दुर्गमा पालिका हो । गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छ तर वडा तथा गाउँहरु सडक सञ्जालसँग जोडिएको छैन । उपाध्यक्षकी उम्मेदवार ऐरी पैदल नै हिंडेर सकेसम्म सबै गाउँ टोलमा पुग्ने लक्ष्यमा छिन् ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters