हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरी शव फेला

हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिएका छन् ।

सर्केगाड गाउँपालिका (६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जस बहादुर रोकायाको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी साथीको कोठामा मृत अवस्थामा फेला परेका थिए । झ्याल-ढोका बन्द रहेको र उनी भूइँमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाबारे कारण खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान गरीरहेको छ ।