‘९० हजार भोट ल्याउँछु, ई-सरकार बनाउँछु’ – बालेन्द्र शाह (बालेन)

बालेन्द्र शाह (बालेन)

काठमाडौं । काठमाडौं महानगर मेयरका स्वतन्त्ररुपमा उम्मेदवारी तथा र्‍यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छ्न् यतिबेला । काठमाडौंमा मेयर बन्ने दौडमा लामो इतिहास बोकेका पुराना पार्टी नेकपा एमाले, नेपाली कांग्रेससहितका दलबाट पनि उम्मेदवारहरु निक्कै छन् ।

तर शाह चाहिँ यसपालि मतदाताले स्वतन्त्र व्यक्तिलाई जिताउनेमा ढुक्क रहेको बताउँदै आइरहेका छ्न् । आफ्नो टोलीले सर्वेक्षण गरेर आसन्न स्थानीय चुनावमा प्राप्त हुने मतपरिणामको आँकलन पनि उनले गरिसकेको बताए । ‘काठमाडौंका ३२ वटै वडामा गएर प्राप्त डेटालाई एनालाइसिस गरेका छौं, त्यसबाट मैले ९० हजार ८३५ भोट ल्याउँछु भन्ने देखिएको छ’ बताउँदैँ दाबी गरेका छ्न् ।

परम्परागत पार्टीका नेताले दलीय स्वार्थ हेर्दा विकास गर्न हुन नसकेको निष्कर्षसहित आफू मेयर बन्ने दौडमा होमिएको उनी बताउँदैँ बालेन शाहल भनेका छ्न् ‘जब कोही राजनीति दलबाट मेयर बन्छ भने उसले त्यहाँ गलत काम भएको छ भने कसैलाई कारबाही गर्न सक्दैन,’ किनकि कारबाहीमा पर्ने व्यक्ति पनि उसकै पार्टी हुन्छ, त्यसैले भ्रष्टाचार अन्त्यका लागि पनि स्वतन्त्र व्यक्ति त्यो पदमा पुग्नु जरुरी छ भन्ने मेरो निष्कर्ष हो ।’