Search
Generic filters

मेयरको टिकट खोसिएपछि दीपक पौडेलले भने : सुन चोरेको भिडियो झुटो हो

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिकाको मेयरका उम्मेदवारबाट उठाईएका दीपक पौडेलले पार्टीभित्रका केही षड्यन्त्रकारीले अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पारेर आफूलाई उम्मेदवार बन्नबाट रोकेको बताएका छ्न् । सोमबार फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूले कामको श्रेष्ठताका आधारमा मेयरको उम्मेदवार चयन भए पनि आफ्नै पार्टीका केही षड्यन्त्रकारीले दूराग्रह राखेर चरित्र हत्या गर्न खोजेको बताएका हुन् ।

पौडेलले पोखराको एक सुन पसलबाट सुनको सिक्री चोरेको भिडियो भन्दै सार्वजनिक गरिएको थियो ।

पौडेलले उक्त भिडियो झुटो भएको बताउँदै भने, ‘केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरुले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे’ ।

उक्त भिडियो सार्वजनिक भएपछि एमालेले पोखरामा पौडेलको सट्टा कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार थापाले मेयरमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

पौडेलले आफूमाथि लागेको आरोपको छानबिन गर्न पनि माग गरेका छन् । ‘मेरो बारेमा आएका केही भ्रमपुर्ण समाचार सर्वथा झुट रहेको व्यहोरा सबै जनसमुदाय समक्ष प्रकट गर्दछु । यदि कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु’ उनले भने ।

पौडेलले आफू पार्टीको इमान्दार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने बताएका छन् । उनले पार्टीको सचिवालय बैठकले आफूलाई मेयरको उम्मेदवार तोकिसकेपछि अप्रत्यासित निर्णय आएको भन्दै त्यसविरुद्ध पार्टी कमिटीमा बहस गर्ने पनि बताए ।

‘मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन, अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु’ उनले भने।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters