काठमाडौंको नयाँ बसपार्कमा ५३ वर्षीया महिला बलात्कार

काठमाडौंको नयाँ बसपार्कबाट बलात्कारको आरोपमा एकजना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका-३ घर भएका २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् । शनिबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर उनले ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप प्रहरीले पक्राउ गरेकोे छ । उक्त घटनाबारे प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।