Search
Generic filters

परिवर्तन उल्टिए जनताका झुपडीमा पुग्छ – लक्ष्मण चौलागाईं विद्रोही

मुलुकमा प्रत्येक ५/५ वर्षमा निर्वाचन आउँछ । खरबौं रुपैयाँको खोलो बहाइसकेपछी निर्वाचन सम्पन्न हुन्छ र मतगणना जारी रहन्छ ! अरु पक्षहरुले हार्छ एउटा पक्षले जित्छ र मुलुकका विभिन्न स्थानमा निर्वाचन जित्नेहरु कोहि नगर,महानगर र गाउपालिका छोटे राजारानी बन्छन् त कोहि सदनका महाराज कोहि सिंहदरवारका श्री ३ त कोहि बालुवाटारका श्री ५ !

मुलुकमा हुने निर्वाचन विशेषगरी संसदीय व्यवस्थाको निर्वाचन गणतन्त्र र राजतन्त्रको निर्वाचन होइन । यो त विभिन्न शक्तिबीचको जनताले गर्ने निर्णायक प्रतिस्पर्धाको उपज मात्रै हो । तर यहाँ कोहि दलले जिते व्यवस्था पतन हुने र कोहि दलले जिते व्यवस्थाले हार्ने भए गठबन्धन किन गरिएको ? प्रश्न उत्तरको पर्खाईमा छ ।

अर्को पक्षले जित्दा उपलव्धि उल्टिने प्रचण्ड भाषण पछिल्लो समय बिजुली चम्किदा के तर्सेको जस्तो आभास हुने गर्छ।यदि माओवादी बाहेक अर्कोले जिते व्यवस्था उल्टिने भए माओवादीले मात्रै ल्याएको हो त गणतन्त्र ?? यो गणतन्त्र ल्याउनको निम्ति २०५२ देखि ०६३ सम्मका सारा नेपाली जनताको लगानी छ ,देशले बेहोरेको सास्ती छ ,घाइतेका घाउहरु छन् ,०६२/६३ का आन्दोलनहरु र तत्कालीन ७ दल समेतको संयुक्त विद्रोहमा मुलुकमा राजतन्त्र विस्थापना भएको तीतो सत्यलाई प्रचण्ड भाषणले झुठो सावित किमार्थ गर्न सक्दैन। यसैले माओवादीले जित्दा बरु उपलब्धि महलतिर कुँजो हुने भो यसले जनताको झुपडीतिर उज्यालो छर्न भ्याएन। यसैले माओवादीले हार्दा उपलब्धि बरु झुपडीमा आउने मेरो विश्लेषण छ ।

कोहि कसैले आफ्नो अधिकार आफैं कू गर्न चाहने माहोलमा मात्रै उपलब्धि ध्वस्त हुन सक्छ । मैले पाएको अधिकार् म ध्वस्त गर्न चाहन्छु र ? मैले प्राप्त गरेको अधिकारको सदुपयोग गर्दै लुकाइएको गणतन्त्र खोसलेर भए पनि खोस्नको लागि आफन्तवादी रबैयाको दलवादी राजनितीको अन्त्य हुनुपर्छ अनि मात्रै उपलव्धी बिटो लिएर महल गए जस्तो न आए पनि जनताले आफू र आफ्नो देश प्रती गौरव गर्ने दिन महल अन्धकार बनाएर झुपडी उज्यालो बनाउने ध्याउन्नमा मात्रै सम्भव छ ।

केही दिन पहिला पुष्पकमल दाहालजीको भाषण सुनें तर गठबन्धनलाई पनि उतिकै महत्व दिएर उनी भन्दै थिए माओवादी ले हार्यो भने उपलब्धि उल्टिन्छ । एकदम सत्य हो महिना मर्दा आउने भत्ताको बिटो हराउँछ अनि उपलब्धि गायब हुने सन्त्रासमा अरुसंग अंकमाल गरेर गरिने निर्वाचनका दुउइवटा जिब्राका छुट्टै आवाजले स्वयं बक्दछ।

गणतन्त्र र राजतन्त्रको निर्वाचन यो थियो भने हो माओवादी एकातिर र अन्य दल राजतन्त्र थियो भने हो गणतन्त्रले हार्छ तर सत्ता विरासतको लागि शहीदका हत्यारा सरकार बनाउने प्रचण्डले कुन उपलब्धि हराउने सन्त्रासको लेक्चर दिए खुमल्टारले जनतालाई जवाफ दियोस्। बरु प्रचण्डहरुको आफन्तवादी र दलवादी राजनितीले हार्दा गणतन्त्रको उपलब्धि जनताको झुपडीमा पुग्ने सुखद सुदिन चाहिँ आउनेछ भनेर प्रचण्ड एन्ड प्रचण्ड कम्पनी ढुक्क भए हुन्छ।

"हिजो युद्द लडाउनेहरु आज पेटीबिटो उचाल्दैछन्/ हिजो बन्दुक उचाल्नेहरु आज बेल्चा पछार्दैछन्
हिजो जनताको छाक मागेर खानेहरु आज जनताले आफ्नो गाँस कटाएर पालेको भुलिसके हिजो आफ्नो ज्यानको आहुती र बलिदान दिनेहरु जो मुलुकका कयन शिवपुरीहरुमा पुरिइरहे जो हिजो मृत्युुलाई जितेर घाउ बोकेर बाँचे तिनैलाई माइतिघर...
पुरा पढ्नुहोस् ..
जनताको झुप्रो रोइरहदा - लक्ष्मण चौलागाई (बिद्रोही)
सुन्छु मेरो देशमा गणतन्त्र आयो रे चीनमा गणतन्त्र आयो तर संसारभर गणतन्त्र आएन संसारभर गणतन्त्र आउन सक्यो भने पक्कै पनि चीनको जस्तो गणतन्त्रले मात्र साम्राज्यवादलाई कमजोर पार्न सकिन्छ
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सिन्धुपाल्चोकका लक्ष्मण चौलागाई समसामयिक बिषयमा तथा साहित्यमा कलम चलाउनु हुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters