गुणस्तरहिन सडकः काम भयको भोलिपल्टै उप्किन थाल्यो

file photo

सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिया बासी खयर माराका स्थानीय आन्दोलनमा उत्रियका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्किन थालेको छ । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगायका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयले जानकारी दिएका छन् ।

उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का लिएको थियो । तर स्थानीयले राजनीतिक प्रतिशोध लिने उद्देश्यले किनारा नै नमिलाइकन पिच उप्किनको युनिभर्सल कन्स्ट्रक्सनका प्रबन्धक सुजन पोखरेले बताएका छन् । ‘निर्वाचनको संघारमा स्थानीय दलगत व्यक्तिहरूले बदनाम गर्ने उद्देश्यले योजना विफल बनाउन पिच उप्किएका हुन्,’ प्रबन्धक पोखरेले भनेका छन् ।

नगरपालिकाको मापदण्डमा उक्त कन्स्ट्रक्सन कम्पनीले ४० एमएम मोटाइ र पूणर् प्रिमिक्स बनाउनुपर्ने उल्लेख गरको थियो । तर मापदण्डअनुसार गुणस्तरहीन सामान प्रयोग गरी स्थानीयलाई आँखामा छारो हाल्ने काम मात्र गरेको भन्दै गुनासो गरेका छन् ।

file photo


यता नगरपालिकाले गुणस्तरको विषयमा छानबिन गर्न प्रावधिक टोली आज जानकारी दिएका छन्.। ‘प्रावधिकहरू गएर गुणस्तरको लेखाजोखा गर्छन्, यदि प्रमाणित भए ठेकेदार कम्पनीको भुक्तानी नै रद्द गरिने नगर प्रमुख विदुर कार्कीले बताएका छन् ।
ठेकेदार कम्पनीले निर्माण सामग्री प्रयोग गर्दा वडाध्यक्षलाई बोलाएर समन्वय गर्ने बताए पनि आफूलाई कुनै जानकारी नदिएको वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिएका छन् । यसअघि पनि खयरमारामै बन्दै गरेको पिच उप्किएर नगरपालिकाले भुक्तानी रोकेर पुनः काम गर्न लगाएको थियो ।