भारतको सेना प्रमुखमा नियुक्त भए मनोज पाण्डे

file photo

काठमाडौ
भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको बताएकाे छ ।

यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने भएका छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी पनि हुन् ।

हाल भारतीय सेनाको उपप्रमुख रहेका पाण्डे सेनाको शीर्ष स्थानमा पुग्ने पहिलो इन्जिनियरसमेत बन्ने समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ ।

हालसम्म भारतीय सेनाको प्रमुख इन्फेन्ट्री, आर्मर्ड र आर्टिलरीहरु मात्र अधिकारी भएका थिए ।