पाँचथरमा घर शिलान्यास गर्दैगर्दा पहिरोले पुरिएर एक जनाकाे मृत्यु

file photo

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा पहीरो आयर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले बताएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
सोहीे क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।