बाबुआमाले आफ्नो बालबालिकाहरुलाई सानो उमेरमा नै अनिवार्य सिकाउनु पर्ने बानिहरु

संकेत तस्वीर । फाइल

बच्चाहरूको बानि, ब्यवहार, बोलि, स्वभाव कस्तो हुने, कस्तो बनाउने भनेर सुरुवातिदेखिनै सिकाउनु पर्छ । त्यसैले केही बानीहरु आमाबाबुले उनीहरुलाई सुरुदेखि नै सिकाउनु पर्छ, जुन बच्चाको स्वस्थ बानी बन्न पुग्छन् ।

बच्चाहरूले बाल्यकालमा सिकेको बानिलाई सधैंभरिका लागि आचरणकॉ रूपमा पालन गर्न थाल्छन् ।

आउनुहोस्, जानौ बालबालिकाहरुलाई समयमै अनिवार्य सिकाउनु पर्ने बानी :

  • बालबालिकाको स्वस्थ बानीमा बिहान उठ्नासाथ फ्रेस हुन सिकाउनुपर्छ । यी बानी अपनाएपछि बालबालिका सक्रिय रहन्छन् । बिहान उठ्नेवित्तिकै शौचालय जाने, ब्रस गर्ने र नुहाउने बानी अपनाउनु पर्छ ।
  • बिहानैदेखि पानी पिउने बानी बसाल्नुहोस् । बालबालिकालाई बिहान तातो पानी खुवाउनुहोस्, जसले गर्दा उनीहरुको शरीरलाई डिटक्सिफिकेसन गर्न सकिन्छ । बाल्यकालदेखिको यो बानीले ठुलो हुँदा पनि धेरै फाइदा गर्छ ।
  • मोबाइलमा पढ्नुको सट्टा, बच्चाहरूलाई किताब पढ्न लगाउनुहोस् । यसोगर्दा उनीहरुलाई राम्रो निन्द्रा लाग्छ । राति सुत्नुअघि बालबालिकाको हातमा मोबाइल कहिल्यै नदिनुहोस् ।
  • बालबालिकालाई आफ्नो मनको कुरा गर्न उत्प्रेरित गर्नुहोस् । यसो गर्दा बालबालिकाले आफ्ना समस्याहरू सुनाउँछन् । आफ्ना कुरा लुकाउँदैनन् । यस तरिकाले तपाईंले बच्चाहरूको सही र गलत आनिबानी छुट्याउन सक्नुहुन्छ ।