आजदेखि मेलम्चीको पानी फेरि काठमाडौं

मेलम्चीको खानेपानी आयोजना आज मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा पुनः सुरु हुने भएको छ । मगंलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो ।

असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्रसम्ममा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।​

आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो ।

आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुमागमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।