झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

संकेत तस्वीर

झापा । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड-२ का २९ वर्षीय संयम बजगाईं रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको छ ।
दुर्घटनामा घाइते बजगाईँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्ररही प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताएका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएकोे छ ।