चैत्रमा भएको वर्षाको कारण, डढेलो नियन्त्रणमा आयो

file photo

महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राती वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले जानकारी दिएका छन् ।

जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा आगो लागि भएकोे थियो । “आगाी नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उनले भने । वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोलीहरु खटाएको थियो ।

पछिल्लो वर्षाको कारणले नयाँ बिरुवा हुर्कन धेरै मद्दत भएकोे छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन भएकोे छ । वर्षाबाट खेतीपाती गर्न सजीलो भएको छ । रुखिएको जग्गा खनजोत गर्न सहज सजिलो भएको किसानहरुको भनाई छ ।