५० रुपैयाँ अटो भाडा दिन नमानेपछि चालकद्वारा यात्रुको हत्या !

धनगढि । फागुन २२ गते साँझ करिब ६ बजे ‘२० वर्षीय भूपेन्द्र राजेन्द्र बुढाको डेरा तिरै बस्न हिँडे । दाजुभाई नाताका उनिहरुको पहाड घर बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ ।

उनिहरूले धनगढी-२ बेहडीको रुवस होटल नजिक भेटेर, अटो रोकी होटल नजिकैको कटेजमा ५०/५० रूपैयाँको मदिरा पिएर राजेन्द्रको कोठा धनगढी-५ सन्तोषी टोल हुँदै लागे, दुवै जना ।

रातको त्यस्तै ८:३० बजे प्रदेशसभा भवन अगाडि पुगेपछि जालीगाउँ जानुपर्ने भन्दै राजेन्द्रले चलाएको अटोलाई कुलदीप गुप्ताले रोके ।

५० रुपैयाँ भाडा लाग्ने सहमतिमा कुलदिप अटोमा चडें । केहिसमयमै उनिहरू नैनादेवी चोक पुगेपछि राजेन्द्रले कुलदिपसँग भाडा मागे । तर तवाफमा कुलदिपले, ‘भाडा नदिने र जे गर्नु छ, गरे हुन्छ’ खालको जवाफ फर्काए ।

त्यसपछि उनिहरूबीच विवाद हुन थाल्यो । विवाद गर्दै उनिहरु धनगढि उपमहानगरपालिका-५ मा स्थित केराबारी पुगेपछि राजेन्द्रले कुलदिपलाई भाडा नदिने भए ओर्लिन भने । तर पनि, कुलदिपले मानेनन् । नमानेपछि झार्न खोज्दा भुपेन्द्र कुलदिपबीच हात हाला हाल हुन्छ । राजेन्द्रले कुलदिपलाई कुट्न थाले । त्यतिकैमा भुपेन्द्रले अटोमा राखेको काठको मुग्रो ल्याएर कुलदिपको छाती र पेटमा ५/६ पटक प्रहार गरेपछि कुलदिप सडक छेउ नालीमा ढलेको भूपेन्द्रले प्रहरीसँगको बयानमा बताएका छ्न् ।

त्यतिले नपुगेर फेरी नालिमै गएर अनुहार र टाउकोमा पटक पटक प्रहार गरिरहे । घटना फागुन २३ गते बिहान मात्र सार्वजनिक भएको हो । सडक छेउ नालीमा शव देखेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा भूपेन्द्र र राजेन्द्र मुछिएको पाएपछि प्रहरीले दुवैलाई २७ फागुनमा सन्तोषी टोलबाट पक्राउ गरियो ।

अभियोग पत्रमा भूपेन्द्र र राजेन्द्रलाई मुलुकी अपराध संहिता – २०७४ को ज्यानसम्बन्धी कसूरको उपदफा (२) अनुसार न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीले जन्मकैदको मागदावी गरेका छन् ।