म्यादी प्रहरी बनाइदिने भन्दै आवेदनकर्तासँग रकम असुली गर्ने एक व्यक्ति पक्राउ

म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम असुली गर्ने दिपेन्द्र चौधरी

जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरी बलाईदिने भन्दै नगद ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छ्न् । चन्द्रनगर गाउँपालिका – ७ बस्ने ३१ वर्षिया दिपेन्द्र चौधरीले म्यादी प्रहरीमा भर्ना गरिदिने भन्दै रकम ठगि गरेका थिए ।

१९ चैत, जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एजं डीएसपी माधवप्रसाद बुढाथोकीले चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजार/सात हजार लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको जानकारी दिए ।

यसअघि सप्तरीबाट पनि म्यादी प्रहरीमा भर्ना गराइदिने नाममा आवेदनकर्तासँग रकम असुली गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।