ट्याक्टर अनियन्त्रीत भएर दुर्घटना हुँदा चालकको मृत्यु

दुघर्टना ग्रसीत ट्रयाक्टर

डोटी । सोमबार डोटीको तिनट्टे नजीकै ट्याक्टर अनियन्त्रीत भएर दुर्घटना हुदा से १ त ७८३९ नम्बरको ट्याक्टर चालक गौरीगङ्गा नगरपालिका-४ कैलाली घर भएका ज्ञानबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अछामको चौरापाटी गाउँपालिका-३ का नरबहादुर भुल घाइते भएका छन् र उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।