नेपाली सेनाले माग्यो पाइलटदेखि डाक्टरसम्म, १९४ जना माग

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जंगी अड्डाले दर्खास्त आह्वान गरेको छ ।

उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ । यस्तै, सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ ।

यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

सूचना जस्ताको तस्तै –