निर्वाचन आयोगले जनक शिक्षालाई २ करोड मतपत्र छाप्न दिने

काठमान्डाैंं

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको जनाएको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको जानकारी दिइएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि केही समय अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पु¥याइने र सुगम क्षेत्रमा पुरÞ्याउनका अलि ढिलो छापिने उनले बताए । केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको समेत जानकारी दिएका छन ।

यसैबीच आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यसअघि करिब १ करोड ७५ लाख मतदाता रहेकोमा दावी विरोधपछि केही घटेर आउने आयोगले अनुमान गरेको जनाएको छ ।