Search
Generic filters

१८ करोड लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास

file photo

वीरगञ्ज । मानव सेवाको आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा अज शिलान्यास गरेका छन् ।

०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ६ जना बालबालिका सहित ६२ जना आश्रित रहेका छन् । सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पुनर्मिलन गराउँदै आएको मानव सेवा आश्रमको संरक्षक प्रकाश थारुले जानकारी गरएका छन् ।


मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवन १८ करोड लागतमा बन्ने मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको बताए । शिलान्यास गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै ‘आश्रमका लागि ३० लाख रुपैयाँ छुट्याएका थियौं, जमिन नभएकाले दिन सकेनौं,’ उनले भने, ‘भवन निर्माण गर्न, सञ्चालन गर्न कति खर्च लाग्छ, प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार रहेका छौं ।’


वीरगञ्जको नारायणी अस्पताल, नारायणी रंगशाला जस्ता संरचना सामुदायिक सहयोगले बनेको बताउँदै उनले मानव सेवा आश्रमको भवन बनाउन रकमको अभाव नहुने जानकारी दिएका हुन् ।
महानगर प्रमुख सरावगीले सडकमा अलपत्र बेसहारा मानवहरुको व्यवस्थापन तीनै तहको दायित्व रहेको बताउदै उनले प्रदेश सरकारले महानगरलाई दिने १० करोड आश्रमका लागि नै दिइदिन मुख्यमन्त्रीसँग आग्रहसमेत गरेका छन् । गर्मी चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको भवन तिन वर्षमा तयार हुने लक्ष्य राखिएकाे आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी गराएका छन् ।
श्रृंखला खतिवडाले सञ्चालन गरेको गाथाले भवनको डिजाइन गरेको थियो । मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन र २५ लाख रुपैयाँ पनि दिइएको थियो ।

भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह मिलाएर १४ कठ्ठा जमिनम बनाउने इन्जिनियरले जानकारी दिएका छन् ।
१३ जिल्लामा आफ्नै भवन बनिसकेका मानव सेवा आश्रमले वि.सं. २०८० भित्रमा आश्रम शाखाहरुको भवन बनाइसक्ने, वि.सं.२०८१ सम्म जनचेतना फैलाउने र वि.सं. २०८२ बैशाख १ गते औपचारिक रुपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters