प्रेमिका खोसेको निहुँमा युवकमाथि खुकुरी प्रहार ५ जना पक्राउ

file photo

काठमाडाैं । काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै १० जनाको समूहले एक युवकलाई प्रेमिका खोसेको निहुँमा युवकमाथि खुकुरी प्रहार गरेका छन् । बुधबार दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्कालाइ खुकुरी प्रहार गरी घाइते परेका हुन ।

खुकुरी प्रहार गर्ने मध्येका ५ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले जानकारी दिएका छन । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको प्रहरीकार्यलयले बताएकाे छ । खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी र दोलखा बैत्यश्वर गाउँपालिका घर भएका विकास लामा फरार रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको बिचमा लेनदेन विवाद पनि देखिएको अपराध महाशाखाका एसपी कोइरालाले जानकारी दिएका छन् ।