सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्न एमालेले चुनाव जित्नुपर्छ – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न आगामी चुनावमा एमालेले जित्नुपर्ने बताएका छ्न् । बुधबार सम्पन्न केन्द्रिय कमिटी बैठकमा ओलीके एमाले वामपन्थी मात्र नभई सुरुवातीदेखिनै लोकतान्त्रिक पार्टि भएको बताए ।

फाइल तस्विर

बैठकमा बोल्दै ओलीले भने, ” लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा हो’, उनले भने । अध्यक्ष ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताए ।”

‘…..सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ । त्यो सबै गर्न चुनाव जित्नुपर्छ’, ओलीले भने ।